चुमेर पाना भरी
गायक : नारायण गोपाल
चुमेर पाना भरी यति म लेखिदिन्छु
प्रितिका बातहरु जाने जति लेखिदिन्छु
वर्णन गरेर तिम्रो सर्वाङ्ग लेखिदिन्छु
एकै छिनको निम्ती तिमीलाई उदाङ्ग देखिदिन्छु
सायद रिसाई दिन्छौ हुन सक्छ च्यातिदिन्छौ
म त मन परेकोलाई यस्तै नै लेखिदिन्छु
चुमेर पाना भरि ।
रातभरि भरि एउटै सपना देखेको हुन्छु
देखेका सपनाहरु सबै म लेखिदिन्छु
निष्प्राणका गजका टुक्रा हेरि नमस्किदिनु
नलेख्न पर्ने पनि सायद म लेखिदिन्छु ।
चुमेर पाना भरि ।।
Comments
Post a Comment